मोरङ – धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको बुधबार राति सर्पले डसेर ज्यान गएको छ।
राति ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षका वडाध्यक्ष बलिराम भगतलाई विषालु सर्पले डसेको थियो । उनको उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।








