Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं –  नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ ‘आइ लिग’को दोस्रो खेलमा म्यान अफ दी म्याच घोषित भएका छन्। मंगलबार भएको इस्ट बंगाल विरुद्धको खेलमा किरणले मिनेर्भा पञ्जावका लागि दुई उत्कृष्ट सेभ गरेका थिए। किरणले दोस्रो हाफमा एक पेनाल्टी समेत सेभ गरेका थिए।

तर, उक्त खेल मिनेर्भाले जित्न भने सकेन। ८८औँ मिनेटमा गोल खाएपछि मिनेर्भाले इस्ट बंगालसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

त्यसअघि मिनेर्भाका लागि १९ औँ मिनेटमा सुकदेव सिंह र ३३औँ मिनेटमा चेन्जो गोल्तसेनले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए। तर, घरेलु मैदानमा इस्ट बंगालले उत्कृष्ट पुनरागमन गर्दै २ गोल फर्कायो।

इस्ट बंगलाका लागि ५८औँ मिनेटमा जोबी जस्टिन र ८८औँ मिनेटमा ब्राण्डन भनलालरेम्दिकाले गोल गरे। ५०औँ मिनेटमा इस्ट बंगलले पेनाल्टी अवसर पाए पनि जापानका खेलाडी कात्सुमी युसाले गोल गर्न सकेनन्। युसाको पेनाल्टी प्रहार किरणले दाया डाइभ गर्दै उत्कृष्ट बचाउ गरेका थिए।

नेरोका विरुद्ध पहिलो खेलमा जित हात पार्दा गोल नखाएका किरणले दोस्रो खेलमा भने २ गोल बेहोरेका हुन्। उनले दुवै खेलमा पूरै समय मैदानमा बिताएका थिए।

तपाईको प्रतिक्रिया