Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

कालिकोट – कालिकोटमा भाइरल ज्वरोसहितको निमोनियाका कारण एक सातामा एकै टोलका तीन जना शिशुको मृत्यु भएको छ ।

भाइरल ज्वरोसहित निमोनियाका कारण खाँडाचक्र नगरपालिका वडा नं. ४ ताडिका बाँचे विककी १ महिना नातिनी रश्मी विक, दत्त विकका ९ महिनाको छोरा लक्ष्मण विक, गोवि विकको १६ दिनको छोराको मृत्यु भएको हो । अत्यधिक जाडोका कारणले झण्डै दुई साता अगाडिदेखी कालिकोट जिल्लाका विभिन्न वस्तीहरुमा देखिएको भाइरल ज्वरोले बालबच्चाहरुमा कडा खालको निमोनिया देखिएको, भाइरल ज्वरोको कारण शिशुहरुको मृत्य भएको जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलीले बताउनुभयो ।

जाडो महिनामा बच्चाहरुलाई चिसोले छिटो छुने भएकाले बच्चाहरुमा कडा खालको निमोनिया देखिएको उहोले बताउनुभयो ।  मृत्यु भएका शिशुको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा र जिल्ला अस्पताल कालीकोटमा उपचारकै क्रममा मृत्यु भएको परिवारले जनाएका छन् । जिल्ला सदरमुकाम नजिकैको वस्तीमा तीन जना शिशुको मृत्यु भएको र खाँडाचक्र नगरपालिका वडा नं. २ र ४ मा मात्र पाँच सय जना भन्दा बढी नागरिक बिरामी परेको निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया