Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

 टोकियो-गल्कोट स्पोर्टस् क्लब टोकियो जापानले नेपाली नयाँ बर्ष २०७५ तथा क्लबको वार्षिकोत्सबको उपलक्ष्यमा चौथो मैत्रीपूर्ण  रनिंगकप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ।

“स्वास्थ्यको लागि खेल, राष्ट्रका लागि खेल “भन्ने मूल नाराका साथ  सन् २०१५ मा स्थापना भएको  यस क्लबले आफ्नो स्थापना कालदेखि प्रत्येक बर्ष आयोजना गर्दै आएको मैत्रीपूर्ण भलिवल प्रतियोगिता यो बर्ष आगामी अप्रिल महिनाको १८ तारिक बुधबारका दिन टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१ हिगासी कामता (Ota-ku Sports Center 1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा गरिने गल्कोट स्पोर्टस क्लवका महासचिव लक्ष्मण कार्कीले जानकारी दिए। प्रतियोगिता बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म संचालन हुने बताइएको छ । बिगतमा प्रतियोगिता संचालन गर्दा गरेका अनुभवलाई मध्यनजर गर्दै यसपटक अझै भव्य रुपमा प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य रहेको समेत महासचिव कार्कीले जानकारी दिए।

प्रतियोगितामा सहभागी टिम, पुरस्कारका  बिधा र राशीका बारेमा छलफल भैरहेकोले सामाजिक सन्जाल, अनलाइन तथा पत्रकार सम्मेलन गरि छिटै नै जानकारी दिने बताइएको छ  । जापानमा भलिबल खेलका लागि आफ्नो छुट्टै छवी बनाइसकेको यस क्लबले सोही  दिन अन्य संघ संस्थालाई कार्यक्रम नजुधाईदिनका लागि समेत अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया