Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं  – विश्वका महंगा फुटबलर नेइमारका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड अहिलेको कीर्तिमानी रकम भन्दा दोब्बर बढी तिर्न तयार देखिएको छ ।

यहि सिजन स्पेनिस क्लब बार्सिलोनाबाट कीर्तिमानी मूल्य दुई सय २२ मिलियन युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका नेइमारका लागि म्यानचेस्टर युनाइटेड चार सय ४४ मिलियन पाउण्ड तिर्न तयार रहेको खबर आएको छ ।

नेइमारलाई क्लब भित्र्याउन रियल मड्रिड प्रयासरत रहेको र नेइमार पनि त्यसमा इच्छुक रहेको खबर आइरहेका बेला जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड झन अघि बढेको हो । युनाइटेड रियल मड्रिडलाई टक्कर दिँदै नेइमारका लागि उसले भन्दा बढी रकम तिर्ने तयारीमा रहेको हो ।

रियल मड्रिडले नेइमारका लागि तीन सय ५६ मिलियन पाउण्ड तिर्ने खबर आएको भोलिपल्टै म्यानचेस्टर युनाइटेड चार सय ४४ मिलियन पाउण्ड प्रस्ताव गर्न तयार देखिएको खबर आएको हो ।

तपाईको प्रतिक्रिया