Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

पाँचथर  – पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि प्रतिस्पर्धा आइतबार हुँदैछ ।  प्रतियोगिताको उपाधिका लागि आइतबार सुनसरी–११ र मोरङ–११ विच फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।

दिउँसो २ बजेदेखि फिदिम माविको खेल मैदानामा हुने खेलमा दुवै टोलीले उपाधि आपनो पक्षमा पार्ने दाबीका साथ मैदान उत्रिँदै छन् ।

प्रतियोगिताको सेमिफाइनलमा सुनसरीले अग्नि रुपन्देही र मोरङले विर्ता युनाइटेड झापालाई पराजित गर्दै फाइनलमा आएका हुन् ।

विजेताले ट्रफिसहित नगद ३ लाख र उपविजेताले ट्रफिसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक फिदिम स्र्पाेटिङ क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया