Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

परदेशमा रहेर पनि नेपाली लोकसंगीतको क्षेत्रलाई निरन्तरता दिने परदेशी गायकको नाममा परिचित सूर्य खड्काले ‘तरेउ काली खोला’ नामक पञ्चेबाजाको गीति एल्बमलाई बजारमा ल्याउनुभएको छ ।
मंसिर महिना यसैपनि बिहेका लगन हुने महिना त्यसैलाई मध्यनजर गरि जनता डिजिटल प्रा.लि. मार्फत कल्पना चालिसे ‘क्रिष्टिना’को प्रस्तुती रहेको उक्त एल्बममा गायक खड्का र चालिसेको स्वर रहेको छ भने लय आफैं खड्काले संकलन गर्नु भएको छ । सुमधुर स्वरका लागि शब्दको रचना चिरपरिचित शब्द संकलक शिव अखेलीको रहेको छ ।
बागलुङ कालिका मन्दिर परिसर र बागलुङ बजार वरपरका क्षेत्रमा छायांकन गरिएको भिडियोमा खड्का आफैंको अभिनय समेत रहेको छ । भने अन्य अभिनय गर्ने कलाकारहरुमा रविना, नरेश र सृजना रहेका छन् । सृजन बरुवालको निर्देशन र रेशम दर्लामीको छायांकनमा सो एल्बमको भिडियो तयार पारिएको छ ।
घरपरिवार छोडेर परदेशको यात्राका निस्कने क्रममा रहदा मनमा उत्पन्न हुने उथलपुथल भावनाहरुलाई गीति एल्बमको विषयवस्तुका रुपमा प्रस्तुत गरिएको छ । ( भिडियो सहित )

तपाईको प्रतिक्रिया