Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । मुम्बईले गुजरात लायन्सलाई सुपर ओभरमा हराएको हो ।

१ सय ५४ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा १ सय ५३ रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा मुम्बईका जसप्रित बुमराहले कसिलो बलिङ गर्दै टिमलाई जिताए ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको मुम्बईले ११ रन बनायो । जित्नलाई १२ रन बनाउनुपर्ने भएपनि गुजरातले ६ रनमात्र बनाउन सक्यो ।

विष्फोटक ब्याट्स्म्यानका रुपमा चिनिने ब्रेण्डन म्याकुलम र एरोन फिन्चले एक ओभरमा १२ रन पनि बनाउन सकेनन् र मुम्बई विजयी भयो । आइपिएलको यो सिजनमा सुपरओभरबाट खेलको निर्णय भएको यो पहिलोपटक हो ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले इशान किसानको ४८ रनको मद्दतमा १ सय ५३ रन बनाएको थियो । जवाफमा मुम्बई पनि पार्थिव पटेलको ७० रनको मद्दतमा १ सय ५३ रनमा अलआउट भयो ।

९ खेलमा ७ खेल जितेका मुम्बई १४ अंकसहित दोस्रो स्थानमा छ । ९ खेलमा तीन खेल मात्रै जितेको गुजरात ६ अंकसहित पाँचौं स्थानमा छ ।

 

तपाईको प्रतिक्रिया