काठमाडौं – विनोद बाजुरालीको नयाँ देउडा गीत प्रदेश नं ७ सार्वजनिक गरिएको छ ।
गीती भिडियोमा कलाकार शंकर विसी र पार्वती राईले अभिनय गरेका छन् । राजेन्द्र शाह विपीको शब्द रेहेको गीतमा गायिका विष्णु माझी र बाजुरालीको स्वर रहेको छ । भिडियोको छायांकन राजेश घिमिरेले गर्नुभएको छ ।
भिडियोमा सुदूरपश्चिमको संस्कृतिलाई उतारिएको छ । देउडाका साथै हुड्केली, भुओचाली जस्ता सुदूरपश्चिममा नाँच यो म्युजिक भिडियोमा देख्न पाइने बाजुरालीले बताउनुभयो ।








