काठमाडौं – ७४ सालको प्रतिक्षित सिनेमा प्रेमगीत –२ को शीर्ष गीत रिलिज गरिएको छ । ‘कहानी यो प्रेमगीतको’ बोलको शीर्ष गीतलाई श्रेया सोताङ र रोहित जोन क्षेत्रीले गाएका छन् ।
नजिकिएको नयाँ वर्ष र गायक क्षेत्रीको जन्मदिनको छेकोमा बुधबार गीत रिलिज गरिएको हो । चर्चित रक ब्याण्ड १९७४ एडीका लिड भोकलिस्टसमेत रहेका क्षेत्रीको यो पहिलो पाश्र्वगायन हो ।
अमृत मरहठ्ठाद्वारा लिखित शब्दमा प्रेमको मीठास महसुस गर्न सकिन्छ । कल्याण सिंहद्वारा संगीतबद्ध गीतमा नव अभिनेत्री अश्लेषा ठकुरी र नायक प्रदीप खड्कालाई फिचरिङ गरिएको छ ।
थाइल्यान्डको मनोरम समुन्द्री तट, गुफा, तलैया र नदीलाई आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ । आगामी साउन १३ गते रिलिज हुने सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । आशुसेन प्रोडक्सनको ब्यानरमा सन्तोष सेनले यसलाई निर्माण गर्नुभएको हो ।








