Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट कैलालीको धनगढीमा सुरु भएको छ । प्रतियोगितामा आजदेखि डिपिएल क्रिकेटका प्रतिस्पर्धात्मक खेलहरु सुरु हुनेछन् । प्रतियोगिताको पहिलो खोलमा आज ज्ञानेन्द्र मल्लले कप्तानी गरेको सिवाईसी अत्तरिया र बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स भिड्दा दोस्रो खेलमा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्स र बिनोद भण्डारीको कञ्चनपुर आईकोनिक भिड्ने छन् ।

यसैबिच प्रतियोगिताको उद्घाटनका लागि हिजो खेलिएको च्यारिटी खेलमा नेपाल एघार विजयी भएको छ । कैलालीमा फाप्ला अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न सहयोग र्पुयाउने उदेश्यले खेलिएको मैत्रिपूर्ण ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पारस खड्का नेतृत्वको नेपाल ११ टिमले पदम केसी नेतृत्वको धनगढी ११ लाई ३१ रनले पराजित गरेको हो ।

ट्वेन्टी ट्वेन्टी ढाँचामा सञ्चालन हुने प्रतियोगिताको लिग चरणका खेलहरु बैशाख ४ गते सकिनेछ भने त्यसपछि प्ले अफका खेलहरु सुरु हुनेछन् । प्रतियोगिताको फाईनल खेल बैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख, उपविजेताले सात लाख रुपिया पुरस्कार हात पार्ने छन् ।

तपाईको प्रतिक्रिया