Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – शशांक खेतानको निर्देशनमा बनेको चलचित्र ‘बद्रीनाथ की दुल्हनिया’ रिलिजसँगै बक्स अफिसमा उधुम मच्चाइरहेको छ । रिलिजको २४ औँ दिनमा चलचित्रले वल्र्डवाइड २०० करोडको आँकडा पार गरेको छ । भारतमा भने चलचित्रले ११४.२४ करोड कलेक्शन गरेको छ ।

‘बद्रीनाथ की दुल्हनिया’ वरुण धवनको ‘एबीसीडी २’, ‘दिलवाले’ पछिको तेस्रो १०० करोडको चलचित्र हो । यी दुई नयाँ स्टारका लागि चलचित्रको सफलता ठूलो कुरा हो । वरुण–आलियाको यो चलचित्रले अहिलेसम्म १५५.५५ प्रतिशत मुनाफा कमाएको छ ।

४५ करोडको बजेटमा तयार भएको यो चलचित्र बक्स अफिसमा सुपरहिट भएको छ । वल्र्डवाइड कलेक्सनमा यो चलचित्रले अक्षय कुमारको ‘जोली एलएलबी २’ लाई समेत उछिनेको छ । फक्स स्टार स्टुडियोको यो लगातार चौथो १०० करोडको चलचित्र हो । ‘एमएस धोनी’, ‘ऐ दिल है मुस्किल’, ‘जोली एलएलबी २’ पछि अब ‘बद्रीनाथ की दुल्हनिया’ ।

तपाईको प्रतिक्रिया