Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेपाली लोक दोहोरि गीत संगीतको क्षेत्रमा ख्याति प्राप्त एबम चर्चित चार जना गायक गायिकाहरुले अहिले सम्म कै ऐतिहासिक लोक दोहोरी गीत बनाएर नयाँ कृतिमान कायम गरेका छन् ।

पशुपति शर्माको शब्दरलय रहेको “रोधीमा मादलु घन्क्यो, नाचम्ला बुरुक्कै बुरुक्कै, मादलु बजेको सुनेर, सुतेको ज्यान पनि जुरुक्कै“ भन्ने गीतमा, अहिले सम्म हजारौं लोक गीत र एल्बमहरु बजारमा ल्याइसकेका चर्चित लोक दोहोरी गायक र गायिकाहरु “पशुपति शर्मा, राजु ढकाल, देबी घर्ति र जुना श्रीसले“ सुमधुर स्वर भरेका छन्
भने यस गीतको म्युजिक भिडियोमा समेत आफुहरु चारै जनाले अभिनय गरेर नयाँ किर्तिमान समेत कायम गरेका छन् ।

बब्बु थापाको निर्देशन, दुर्गा पौडेलको छायाङ्कन र प्रविण भट्टको सम्पादनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई मगर्स क्रियशन कम्पनी प्रा.लि. ले उत्पादन गरि आफ्नो युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया