चलचित्र ‘गाजलु’ निर्माण गरेका निर्माता रोहित अधिकारीले अब दोश्रो चलचित्र ब्रेकअप बनाउनुहुने भएको छ । रोहित अधिकारी फिल्मस्ले दोश्रो प्रोजेक्टका रुपमा ‘ब्रेकअप’ नाम राखेर नयाँ चलचित्र बनाउन लागेको हो । भदौबाट छायांकनमा जाने चलचित्रको प्रदर्शन मिति पनि तोकिएको छ ।

चलचित्र २०७४ फागुन २ गतेबाट रिलिज हुने घोषणा पनि गरिएको छ । निर्माता अधिकारीले यो चलचित्रलाई पनि लभ स्टोरी कथामा बनाउन लागेको बताउनुभयो ।
चलचित्रलाई ‘गाजलु’का निर्देशक हेमराज बिसीले नै यो चलचित्रलाई निर्देशन गर्दैहुनुहुन्छ ।








