काठमाडौं – मध्य र सुदूरपश्चिको चिनारीको रुपमा रहेको ट्प्पा भाका तोरी हरियो बोलको गीत बजारमा आएको छ । जसलाई मालती डिजिटल प्रालीले बजारमा ल्याएको हो ।
यो गीतमा गायक तिलक परियार र गायीका शान्तिश्री परियारको स्वरमा सजिएको यो गीत युटुवमार्फत सार्वजनिक गरिएको छ । गीतले मध्य र सुदूरको चिनारीलाई उजारगर गर्न खोजिएको छ ।
लक्ष्मण वलि को शब्द तथा बिराज उखिरा र पुर्ण बहादुर केसीको संगीत रहेको गीतमा पिएन सापकोटा र लक्ष्मी बोहोराको अभिनय रहेको छ । एक पछि अर्को सफल गीत बजारमा ल्याएर चर्चा कमाएको म्युजिक कम्पनी मालती डिजीटलले अलि फरक धारको यो गीत बजारमा ल्याएको हो ।








