Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौ – चलचित्र ‘पलाँस’ को ओएसटी सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा ओएसटी सार्वजनिक भएको हो ।
प्रदीप बास्तोलाको स्वरमा रहेको ओएसटीमा शब्द र संगीत पनि गायक स्वयम्कै हो ।

रेखा थापा स्टारर ‘पलाँस’ मा उहाँको अपोजिटमा अयुव केसी हुनुहुन्छ । चैत १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पलाँस’ लाई सुवास कोइरालाले निर्देशन गर्नुभएको छ । कृषा चौलागाइँ चलचित्रकी निर्मात्री हुनुहुन्छ ।

करिव एक वर्षपछि रेखा सेतो पर्दामा देखिन लाग्नुभएको हो । उहाँ आफ्नै चलचित्र ‘राम प्यारी’ पछि पहिलोपटक चलचित्रमा देखिन लाग्नुभएको हो ।
उहाँले अघिल्लो महिना राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यसमेत जितिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया