Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – टर्कीमा सत्ता हत्याउन गरिएको प्रयास विफल भएको देखिएको छ । एक जना अधिकारीले दुई ठुला शहरहरु इस्तानबुल र अंकारामा गएराति भएको गोलाबारी एवम् विस्फोटका घटनापछि सेनाका साढ ७ सयभन्दा बढी सदस्यहरूलाई पक्राउ गरिएको बताएका छन् । 1

२९ कर्नेल र पाँचजना जेनरललाई पदबाट हटाइएको बताइएको छ । टर्कीको टेलिभिजनले इस्तानबुलस्थित बोसफोरस नदीको पुलमा दर्जनौ सेनाहरुले बख्तरबन्द गाडीहरुबाट हात माथि उठाएर आत्मसमर्पण गरेको देखाएका छन् । राजधानी अंकारामा अझै सङ्घर्ष भइरहेको खबरहरु आएको बीबीसीले जनाएको छ । त्यहाँस्थित संसद भवनमा रातभर बख्तरबन्द गाडीले आक्रमण गरेको बताइएको छ ।

प्रधानमन्त्री बिनाली यल्दरिमले सत्ता हत्याउने प्रयास गरेकाहरुले कब्जामा लिएको लडाकु विमान आक्रमण गरेर खसालिदिन सेनालाई आदेश दिएका छन् । विद्रोही सैनिकहरुले प्रयोग गरेको कम्तीमा एउटा हेलिकोप्टर खसालिएको छ ।

समाचार संस्थाहरूका अनुसार कु समर्थक सैनिकहरुले उसलाई पठाएको इमेलमा उनीहरू अझै लडाइँ गरिरहेको बताएका छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया