Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

भारत – भारत नियन्त्रित कास्मिरमा सुरक्षा फौज र प्रदर्शनकारी बिच भएको भिडन्तमा ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । गत राति सुरक्षा फौजको गोलि लागि थप ५ जनाको मृत्यु भएपछि मर्नेको संख्या २३ पुगेको हो ।

अहिलेसम्म १०० प्रहरी लगायत ३०० भन्दा बढी घाइते भएका छन् जसमध्ये धेरैलाइ गोली लागेको छ वा विषाक्त टियर ग्यासको धुवाँले श्वासप्रश्वासमा गम्भीर समस्या आएको छ । गत शुक्रबार भारतीय सुरक्षा फौजले लोकप्रिय पृथकतावादी विद्रोही बुर्हान वानीलाई ‘इन्काउन्टर’मा मारेपछि काश्मिरमा शनिबारदेखि तनाव सुरू भएको थियो।

bharay

कर्फ्यू आदेश उलंघन गर्दै हजारौं मानिस अहिले पनि सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन्। भीडले दर्जनौं प्रहरी कार्यालयमा आगजनी गरेका छ र सेनाका ब्यारेकमा समेत आक्रमण गरेका छ । प्रदर्शनकारीले एकजना प्रहरीलाई उनी चढेको गाडीसहित नदीमा खसाएर हत्या गरेका छन्।

तनाव नियन्त्रणमा लिन सरकारले मोबाइल फोन र इन्टरनेट सेवा ठप्प पारेको छ। अस्पतालका आकस्मिक कक्षमा समेत प्रहरीले टियर ग्यास हानेको डाक्टरहरुले आरोप लगाएका छन् । त्यहाँको नागरिक समाजले सुरक्षा फौजलाई एम्बुलेन्ससमेत निसाना बनाएको आरोप लगाएका छन्।

सन् २०१० मा कश्मिरमा अन्त्यन्तै ठूलो तनाव भएको थियो। अहिले भैइरहेको तनाव त्यसपछिको सबैभन्दा ठूलो मानिन्छ । संचार माध्ययमहरुका अनुसार हिजबुल मुजाहिद्दीनका २२ वर्षीय कमान्डर वानीले ओइलाउँदै गएको काश्मिरी पृथकतावादी आन्दोलनमा नयाँ उर्जा थपेका थिए।

त्यसैकारण उनी भारतीय सुरक्षा फौजको तारो बन्दै आएका थिए।आफ्नो दाजुलाई भारतीय सुरक्षा फौजले दिएको यातनाको बदला लिन उनी हिंसात्मक आन्दोलनमा लागेको बताइन्छ । हिजबुल मुजाहिद्दीनले काश्मिरको स्वातन्त्रताका निम्ति हिंसात्मक आन्दोलन गर्दै आएको छ। – एजेन्सी

तपाईको प्रतिक्रिया