Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

अधिवेशन आगामी अगस्त १ मा हुने

Darshan logoटोकियो – जापानमा रहेका ठकुरीहरुको संस्था दर्शन समाज जापानको बिशेष भेला हालै टोकियोमा सम्पन्न भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

’हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रै सभ्यता, ठकुरी एकता र हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ सुरु भएको बिशेष भेलाले दर्शन समाज जापानको अधिवेशन आगामी अगस्त १ तारिखका दिन सम्पन्न गर्ने निर्णय गरेको छ ।
अधिवेशन सम्पन्न गर्नका लागि चित्रबहादुर मल्लको संयोजकत्व र प्रदिप सेनको उपसंयोजकत्वमा २७ सदस्यीय अधिवेशन मुल आयोजक समिति गठन गरिएको छ भने बिभिन्न उपसमितिहरु गठन गरी कार्यबिभाजन समेत गरिएको छ ।

जसअनुसार आर्थिक उपसमिति, बिधान मस्यौदा उपसमिति, प्रचारप्रसार उपसमिति र अतिथि सत्कार उपसमिति गठन गरी क्रमशः प्रेमबहादुर मल्ल, तिलक मल्ल, उज्वलसिंह ठकुरी र सिर्जना हमाललाई भेलाले संयोजक तोकेको छ ।  4सन् २०११ को मार्च ३ तारिखका दिन नारायणबहादुर मल्लको अध्यक्षतामा दर्शन समाज जापानको स्थापना भएको हो । बिभिन्न कारणवश लामो समयसम्म क्रियाशील हुन नसकेकोले संस्थालाई पुनः गतिशिल बनाउन भेलाको म्याण्डेट लिई अधिवेशनमा जान लागेको दर्शन समाज जापानका मौजुदा कार्यसमितिका उपाध्यक्ष रामकृष्णबम मल्लले समुद्रपारिलाई बताउनुभयो ।

’नेपालको इतिहाँसमा ठकुरीहरुको आफ्नै गौरवमय गाथा छ, अनि सभ्यता र अस्तित्व छ, आफ्नै पहिचान छ तर यो कुरा अबको पुस्ताले भुल्ने खतरा बढेकोले पनि हामी सँस्थागत ढंगले अगाडि बढ्न चाहेका हौं – अधिवेशन आयोजक समितिका संयोजक चित्रबहादुर मल्लले बताउनुभयो ।

’संसार ग्लोबल भिलेजतिर उन्मुख भईरहेको सन्दर्भमा स्थानान्तरको क्रम बढ्दो छ, नयाँ पुस्तालाई आफ्नो इतिहाँस र पुर्खासंग जोड्ने कुरा अत्यन्त महत्वपूर्ण पाटो हो’ – अधिवेशन मुल आयोजक समितिका उपसंयोजक प्रदिप सेनले भन्नुभयो – ’यसै पनि हामी बिदेशमा छौं, जुटेर समस्याको समाधान खोज्न सहज पनि हुने र पहिचानको कुरा अत्यन्त पेचिलो ढंगले आईरहेको सन्दर्भ पनि छ त्यसैले दर्शन समाज जापानको औचित्य अझ बढेर गएको छ, त्यसैले हामी पुनः एक ढिक्का हुँदै छौं, जापानभरिका ठकुरीहरु सम्पर्कमा आईदिन अपिल गर्दछु ।’

गत बुधबार शिनओकुबोस्थित टोकियो रोधी क्लवको सभाकक्षमा भएको भेलाले जापानभरि छरिएर रहेका ठकुरीहरुलाई समेट्दै आगामी अगस्त १ मा अधिवेशन सम्पन्न गर्ने र अधिवेशनले समाजको बिधान पारित गर्नुका साथै आगामी कार्यकालका लागि ठोस योजनासहित एक सशक्त, समावेशी र कामकाजी कार्यसमिति गठन गरी नयाँ ढंगले अगाडि बढ्ने निर्णय पारित गरेको छ । सोहीअनुसार अधिवेशनको तयारी तिब्र गतिले अगाडि बढिरहेको प्रचारप्रसार उपससमितिका संयोजक उज्वल सिंह ठकुरीले समुद्रपारिलाई बताउनुभयो । आगामी अधिवेशन पनि टोकियो रोधी क्लवकै सभाहलमा हुने दर्शन समाज जापान स्रोतले बताएको छ ।***

तपाईको प्रतिक्रिया