म्याग्दी – हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको दाना–३ तितरमा भिरबाट ढुङ्गा खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
शुक्रवार दिउँसो खसेको ठूलाठूला दुई वटा ढुङ्गा डोजर प्रयोग गर्दा समेत हटाउन नसकिएको दाना प्रहरी चौकीले जनाएको छ । यसैगरी बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रे भिरमा पनि पहिरो खसेको छ ।
पहिरो र ढुङ्गाले सडक अवरुद्ध भएपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै स्थानीय बासिन्दा, पर्यटक र तीर्थयात्री समस्यामा परेका छन् ।
आज बिहानैदेखि प्रहरी, स्थानीयवासी, यातायात व्यवसायी र डोजर परिचालन गरेर सडक खुलाउने प्रयास गरिए पनि निरन्तर वर्षा भइरहेकाले समस्या भएको बताइएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार असार १८, २०७३
प्रकाशित समय: १३:१९:२५