Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई अमेरिकी विदेश मन्त्रालयले यस वर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयमा शुक्रवार आयोजना भएको कार्यक्रममा उहाँलाई मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको हो । अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मानव बेचबिखनविरुद्ध अभियान चलाएकोमा उहाँलाई उक्त सम्मान प्रदान गरेको हो ।

12 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा रहँदा करिब दुई वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध जनचेतनामूलक अभियान चलाउनुभएको थियो ।

वि.सं २०५२ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ना हुनुभएका उहाँ हाल महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुखमा हुनुहुन्छ । यसअघि २०११ मा शक्ति समूहकी चरिमाया तामाङ, २०१४ मा न्यायाधीश टेकनारायण कुँवर र २००८ मा भीम लामा, गणेश श्रेष्ठ र कमार गिरीले यो अवार्ड पाइसक्नुभएको छ ।

अमेरिकाले बज्राचार्यसहित विश्वभरबाट आठ जनालाई यस्तो सम्मान प्रदान गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया