Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौँ – मुलुकभर भएको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । बिहीबार रातीदेखि परेको वर्षाका कारण मुलुकका अधिकांश पहाडी जिल्लामा पहिलो जाँदा राजमार्गहरु नै बन्द भएका छन् भने तराईका जिल्लामा डुबान भएको छ ।s2

वर्षासँगै भूकम्पले कमजोर बनाएको पहाडमा पहिरो जोखिम बढेको हो । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका विभिन्न भागमा ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार पहिरोबाट दार्चुलामा तीन, ललितपुरमा दुई र सर्लाहीमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । वर्षापछि आएको पहिरोकै कारण नारायाणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ भने अन्य क्षेत्रका राजमार्गहरुमा समेत पहिरोले समस्या पारेको छ ।

लगातार तीन दिन भारी वर्षा भए पहाडी जिल्लामा भीमकाय पहिरोको सम्भावना रहेको विज्ञले औंलाएको आजको राजधानी दैनिकमा खबर छ । केही दिनयताको वर्षाले भूकम्प प्रभावित क्षेत्रमा पहिरो जान थालेको छ ।

‘पानीको मात्रा बढी भए जमिनले थेग्न सक्ने अवस्था छैन,‘भूर्गभविद् डा नरेन्द्र खनालले भन्नुभयो, ‘भूकम्पले पहाडै हल्लाएर कमजोर बनाएकाले पानी पर्ने बित्तिकै पहिरो जाने सम्भावना हुन्छ ।’ पहाडै हल्लाएर कमजोर बनाएकाले पहाडै झेरर नदी थुनिने सम्भावना समेत रहेको उँहाको भनाइ छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया