Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ ६, २०८२
Monday, May 19, 2025

काठमाडौँ – एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानविन बढाएपछि विभिन्न एयर लाइन्स कम्पनीमा कार्यरत पाइलटहरुले धमाधम राजीनामा दिन थालेका छन् ।

दुई महिनामा २२ जना पाइलटले राजीनामा दिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले गोमा एयरका को–पाइलट विशाल कार्कीलाई पक्राउ गरेको थियो । आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्यापसबाट नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए ।

कार्की पक्राउ पछि अन्य पाइलटहरुले पनि धमाधम राजीनामा दिन थालेको सिआबीका निर्देशनक डिआइजी नवराज सिलबालले बताउनुभयो । चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबिबिएस पढेजस्तै पाइलट पेसामा पनि त्यस्तै प्रवृत्ति देखिएको छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया