Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ  – गैर आवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रले नेपालको वातावरण तथा पर्यावरण क्षेत्रको विकासको लागि विगतका केही वर्ष देखि काठमाण्डौं स्थित चोभार डाँडामा वृक्षारोपण कार्य गर्दै आएको छ ।

यसै कार्यक्रमलाई निरन्तरता दिँदै शनिवार नेपाल जापान दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठलाई समेत अवसर पारेर गैर आवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रले आयोजना गरेको बृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । चोभार डाँडाका खालि रहेका क्षेत्रमा प्रमुख अतिथि विशेष अतिथि र अतिथिहरुले रुद्राक्ष धुपी सल्लो लगायत विभिन्न थरीका विरुवाहरु रोप्नु भएको थियो । IMG_2052

यसपछि उहाँहरूले ३८ फिट अग्लो निर्माणाधिन मञ्जुश्री मूर्तीको अवलोकन गर्नु भयो । कार्यक्रममा बोल्दै माननीय गृहमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि शक्ति बस्नेतले नेपाल र जापानको मैत्री सम्बन्ध ६० औं वर्षमा प्रवेश गरेको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रमले नेपाल जापानको मैत्री सम्बन्धमा एक थप ऊर्जा मिलेको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत महामहिम मासाशी ओगावाले नेपाल जापान मैत्री सम्बन्धबारे जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया