Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल भारत सम्बन्धमा केही असमझदारी र कमी देखिए पनि त्यो हटेको बताउनुभएको छ ।

भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा आइतबार स्वराजले दुई देशबीच भएको द्विपक्षीय भ्रमणले असमझदारी हटेको बताउनुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले दुई वर्षमा कुटनीतिक क्षेत्रमा गरेको प्रगतिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा स्वराजले दुई देशबीच सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्नुभएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

नेपालले संविधान जारी गरेलगत्तै भारतले नाकाबन्दी लगाएपछि दुई देशवीच सम्बन्ध चिसिएको थियो ।

तपाईको प्रतिक्रिया