Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – संघीय समाजवादी फोरम, नेपालले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । पार्टी कार्यालय तिनकुनेमा बुधवार एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ ।

मधेसी जनअधिकार फोरम नेपाल, सङ्घीय समाजवादी पार्टी नेपाल र खस—समावेशी राष्ट्रिय पार्टी नेपाल तीनवटा पार्टीबीच गत १५ जुन २०१५ मा एकीकरण भई सङ्घीय समाजवादी फोरम, नेपाल नामक पार्टी बनेको थियो । स्थापना दिवस कार्यक्रममा बोल्ने शिषस्र्थ नेताहरूले पार्टी एकीकरण मात्रै नभई आन्दोलनको एकीकरण र विभेद विरुद्धको संघर्षका लागि ऐतिहासिक एकता भएको दाबी गरेका छन् ।

संघीय गठबन्धनको जारी आन्दोलन पहिचान र अधिकार प्राप्त नहुन्जेल नरोकिने स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो, ‘आन्दोलनको स्वरूप परिवर्तन हुन सक्छ, कसैको षड्यन्त्रले आन्दोलन रोकिनेवाला छैन ।’

उक्त अवसरमा पार्टी युकेका अध्यक्ष धर्म तामाङमार्फत ससफो नेपाललाई एक लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया