Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिनुभएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बिहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा दाहालविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको हो । सभापति देउवाकै निर्देशनमा आयोगमा उजुरी दर्ता गराइएको डडेल्धुरा काँग्रेसले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको १० वर्षे द्वन्द्वकालको क्रममा काँग्रेस थुप्रै निर्दोष कार्यकर्ता मारिएको , राजनीतिक पूर्वाग्रहमा अंगभंग भएका लखेटिएका बेपत्ता पारिएका लगायत भौतिक सम्पत्ति र संरचनाहरू ध्वस्त गराएको भन्दै पीडितलाई न्याय दिन उजुरीमा माग गरिएको बताइएको छ ।

दाहालको नेतृत्वमा द्वन्द्वकालको फाइदा उठाउँदै जनयुद्ध आचारसंहिताविपरीत जनता र जनताको सेवकको हत्या अपहरणलगायतका अमानवीय कार्य गरेकाले न्यायका लागि आयोगमा उजुरी दर्ता गराएको काँग्रेस जिल्ला कार्य समितिका सचिव लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिनुभएको आजको समाचारपत्रमा खबर छ ।

उजुरीमा २०६० भदौमा कैलाली जिल्लाको पहलमानपुर नजिकै अमखैया जंगल नजिकै देउवा चढेको गाडीमा ज्यान लिने मनसायले गोली प्रहार गरिएको पनि उजुरीमा उल्लेख छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया