Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

चितवन – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई सत्ताको भन्दा व्यवस्थाको चिन्ता रहेको बताउनुभएको छ ।

प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारमा जानुभन्दा संविधानको कार्यान्वयनको सवाल काँग्रेसको पहिलो चिन्ताको विषय भएको बताउनुभयो । लामो समयदेखि स्थिर सरकार हुन नसकेका कारण अब संविधान कार्यान्वयन गर्दै स्थिर सरकार निर्माण गर्नेतर्फ काँग्रेस लाग्ने उँहाको भनाइ थियो ।

उहाँले केपी ओली नेतृत्वको सरकार रहन्छ रहँदैन भन्ने कुरा सरकारमा रहेका घटकको कुरा भएको बताउँदै भन्नुभयो,‘काँग्रेसले हटाउँछु भनेर हट्ने र राख्छु भनेर रहने होइन, त्यो घटकमा जबसम्म तालमेल रहन्छ तबसम्म केपी ओली नेतृत्वको सरकार रहन्छ ।’ नेता पौडेलले काँग्रेस स्थानीय निर्वाचन गर्ने पक्षमा रहेको बताउँदै भन्नुभयो, ‘संविधानमा उल्लेख गरिएको स्थानीय निर्वाचनका संरचना निर्माण गरेर स्थानीय निर्वाचन गराउनुपर्छ ।’

मधेसवादी दललाई सहमतिमा नल्याई स्थानीय निर्वाचन गर्न कठिन हुने बताउँदै नेता पौडेलले मधेसवादी दलसँग गम्भीररुपमा वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । पौडेलले काँग्रेसका भ्रातृ सङ्गठनकोे निर्वाचन भदौ–असोजसम्ममा सम्पन्न हुनुपर्ने पनि बताउनुभयो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया