Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

पर्वत – मानो रोपेर मुरी उब्जाउने महिना असार सुरु हुनै लाग्दा पर्वतमा धान, कोदो रोपाइँ सुरु भएको छ । विगतमा परेको लामो समयको खडेरीका कारण जिल्लाका सबै ठाउँमा रोपाइँ हुन नसके पनि सिञ्चित र खोलानालाका आसपासमा यसै सातादेखि रोपाइँ सुरु भएको हो ।

मूल फुट्ने गरी वर्षा नपरेकाले जिल्लाका सबै ठाउँमा रोपाइँ हुन सकेको छैन । उच्च पहाडी क्षेत्रका कृषकले कोदो र धान सँगसँगै रोप्न थालेका छन् । जिल्लाको खौलालाकुरी, ठूलीपोखरी, कार्कीनेटा, शालिजा, देउपुर, शङ्करपोखरी, बाच्छा, होश्राङ्दी, लुङ्खुदेउराली, देउपुर, देउराली लगायतका गाविसमा धान रोपाइँ सुरु भएको हो । खडेरी परेकै समयमा बीउ राखेका कृषकले केही दिनदेखि परेको वर्षासँगै खोलानाला पनि बढेकाले रोपाइँ गर्न सुरु गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

जिल्लाका सबै ठाउँमा रोपाइँ भने मनसुन सुरु भएर मूल फुटेपछि मात्र सुरु हुने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । पर्वत जिल्लामा धान फल्ने नौ हजार २१ हेक्टर जमिन रहेको छ । त्यसमध्ये बाहै्र महिना सिँचाइको सुविधा पुगेको ६ हजार ८०० हेक्टर जमिन रहेको छ ।

बाह्रैमास सिँचाइ हुने खेतमा रोपाइँका लागि समस्या नभए पनि अन्य ठाउँका कृषक भने वर्षा प्रभावकारी भएपछि मात्र रोप्ने तयारीमा रहेका छन् ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया