Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – लगातार तीन वर्षसम्म पनि आयव्यय नबुझाउने २० दल खारेजीको प्रक्रियामा पुगेका छन् । आर्थिक वर्ष २०७१/७२ सम्म लगातार तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउँदा खारेजी प्रक्रियामा गएका हुन् ।

निर्वाचन आयोगले पटक–पटक पत्र पठाएर आयव्यय विवरणको लेखापरीक्षण प्रतिवेदन माग गर्दा समेत अटेर गरेपछि प्रक्रिया अगाडी बढाइएको हो । आयोगमा दर्ता रहेका दलले प्रत्येक वर्षको आम्दानी खर्चको प्रतिवेदन बुझाउनु पर्ने कानुनी प्रावधान रहेको छ । तर, राजनीतिक दलले तोकिएको समयमा आफ्नो आयव्यय विवरण बुझाउने गरेका छैनन् । खारेजी प्रक्रियामा रहेका राजनीतिक दल निष्क्रिय छन् ।

१० हजार जनाको हस्ताक्षर बुझाएर दल दर्ता भए पनि कतै नाम नसुनिने, गतिविधि नगर्ने अस्तित्वमा नरहेका साना दल छन् । तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउने दलमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त माक्सबादी), नव नेपाल निर्माण पार्टी, राष्ट्रिय शिवसेना, हरियाली नेपाल पार्टी, ओमसेना नेपाल पार्टी, नेपाल जनएकता पार्टी, लगायत रहेको आजको नागरिक दैनिकमा खबर छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया