Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – ११ औँ महाधिवेशनको मिति र स्थानबारे टुंगो लगाउन नेपाली काँग्रेसको भातृ सङ्गठन नेविसंघ केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजेपछि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने नेबिसंघ प्रबक्ता युपी लामिछानेले समुद्रपारी लाई जानकारी दिनुभयो । बैठकले महाधिवेशन कहाँ र कहिले गर्ने भनेर टुंगो लगाउने लामिछानेले बताउनुभयो । ११ बजे भनिए पनि बैठक केही ढिला शु्रु हुने लामिछानेले बताउनुभयो ।  बैठकमा अध्यक्ष रञ्जित कर्णले असार मसान्तसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गर्ने तयारी थाल्नुभएको छ ।

काठमाडौँ, पोखरा, चितवन वा विराटनगरमध्ये कुनै एक स्थानमा महाधिवेशन गर्ने प्रस्ताव कर्णले गर्ने जनाईएको छ । लामो समयदेखि आन्तरिक विवादका कारण हुन नसकेको नेविसंघ महाधिवेशन पार्टीको १३ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै भ्रातृ संगठनहरुको महाधिवेशन भदौ भित्र गराइसक्ने घोषणा गरेपछि महाधिवेशनको माहोल तातेको हो ।

आउँदो महाधिवेशनबाट नेविसंघ सङ्घीय संरचनामा जानेछ । बैठकमा केन्द्रीय समितिको संख्या, पदाधिकारीको संख्या , नीति तथा कार्यक्रम लगायतका विषयमा पनि छलफल हुनेछ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया