Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

सिन्धुपाल्चोक – नेकपा माओवादीका कार्यकर्ताले गए राति ११ बजे सेभ द चिल्ड्रेनको कार्यालय चौतारामा आक्रमणको प्रयास गरेका छन् ।

प्रहरीका अनुसार पाँच/छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको दलका कार्यकर्ताले चौतारास्थित कार्यालयमा प्लास्टिकको बोतलमा पेट्रोल हाली आक्रमण गरेको र आक्रमणबाट परिसरभित्र पार्किङ गरिराखिएको बा १३ च ५९१४ नको स्कार्पियो गाडीमा सामान्य क्षति पुगेको छ ।

यसैबिच उक्त दलले विज्ञप्ति जारी गरी भूकम्पपछि जिल्लामा पुनःनिर्माण र राहत वितरण गर्दै आएका गैरसरकारी संस्था सेवामुखीभन्दा पनि कमाउमुखी बन्दै गएका कारण आक्रमण गर्नुपरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निश्चित व्यापारीसँग मिलेर कमिसन लिई जनतालाई निश्चित पसलमा सामग्री खरिद गर्न बाध्य बनाएको, सामानको मूल्य साबिकको भन्दा दोब्बर पार्न लगाएको, रु पाँच अर्बभन्दा बढीका काम गरे पनि कुनै हिसाब किताब पारदर्शी नभएको र संस्थाले वितरण गरेको राहत सामग्री गुणस्तरहीन भएकाले आक्रमण गरेका हौँ ।’

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया