Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

जुम्ला– कर्णालीमा पहिलो पटक जुम्लामा सञ्चालन गरिएको अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय बास्केटबल तथा क्रिकेट खेलकुद प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।

३ दिने प्रतियोगिताको फाइनल बास्केटबलमा काठमाडौँ आर्मी टिम विजय भएको छ । यो टिमले २९ अङ्क ल्याई विजय हात पारेको हो । उपविजेता जुम्लाले ११ अङ्क ल्याएको थियो भने कालीकोट तृतीय भएको थियो ।

यसैगरी क्रिकेट प्रतियोगितामा जुम्ला टिम विजयी भएको छ । जुम्लाले ७ विकेट गुमाउँदै २९ रनले विजयी भएको छ । कालीकोटले २९ रन ल्याए तापनि सबै विकेट गुमाउँदै उपविजेता बनेको छ ।

विजेता खेलाडीलाई सांसद ललितजङ शाहीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।  उहाँले अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्छन् र कर्णाली पनि राष्ट्रियस्तरको खेल सञ्चालन गर्न योग्य ठाउँ हो भनेर सन्देश पनि दिनु भयो । साथै उहाँले आगामी वर्ष आफ्नो संसद् विकास कोषबाट जुम्लाका अपाङ्गता भएका व्यक्तिलाई रु एक लाख सहयोग गर्ने वचन समेत दिनुभयो ।

नेपाल पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले कर्णालीका अपाङ्गता भएका व्यक्तिको खेल क्षेत्रको व्यवस्थापन तथा प्रवद्र्धनका लागि पहल गर्ने बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया