Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं –  गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सातौ महाधिबेशन नजिकिदै जादा संसारका बिभिन्न देशबाट केन्द्रिय समितिमा उम्मेदवारी घोषणा भईरहेको छन । यसै क्रममा बेल्जियमबाट शिवकुमार बरुवालले पनि एनआरएनए आइसीसी युरोप उपसंयोजक पदमा आफ्नो उमेदवारी घोषणा गर्नुभएको छ ।

एनआरएनको स्थापना कालदेखि नै एनआरएनको अभियानमा संलग्न हुँदै २००७ को एनआरएन बेल्जियमको प्रथम अधिबेशनबाट सचिबालय सदस्य, २०११ मा एनआरएन बेल्जियमको महासचिब र २०१३ मा आइसीसी सदस्यमा रहेर काम गरिसकेका बरुवालले आफु एनआरएन अभियानमा सुरु देखि नै निरन्तर लागिरहेको र अहिले आइसीसी सदस्य भएकोले आगामी दिनमा एनआरएन अभियानमा अझ जिम्मेवारीका साथ लाग्नका लागि र देशको पुननिर्माण र संबिधान घोषणा पश्चात समृद्ध नेपाल निर्माणमा सक्रिय योगदान पुरयाउनका लागि आफुले उक्त पदमा उमेदवारी दिएको बताउनुभएको छ । उहांले एनआरएन बेल्जियमको बिभिन्न जिम्मेवारीमा रहंदा एनआरएन बेल्जियम र एनआरएन आइसीसीले सुरु गरेका सबै प्रकारका परोपकारी काममा सक्रिय सहभागी हुंदै आएको बताउनुभएको छ । गएको बिनाशकारी भूकम्पमा परि पीडितहरुको सहयोगार्थ बेल्जियममा राहत संकलन कार्यमा पनि आफुले सक्रियय भूमिका निभाएको बताउनुभएको छ।
भूकम्पपछि अहिले देश पुन:निर्माणको लागि एनआरएनको काँधमा ठूलो जिम्मेवारी आएको छ त्यसैले युरोपमा रहेका नेपालीलाई अझ संगठित गर्दै देशको पुन निर्माणमा लाग्न प्रेरित गर्ने, युरोपमा युरोपियन युनियन लगायत यहाँका संघ संस्था ब्यबसायीलाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्ने, युरोपमा एनआरएनए एनसीसी लाई थप बिस्तार गर्ने, अहिले युरोपमा सक्रिय २७ वटा राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दिगो र एनआरएन आइसीसी प्रति उत्तरदायी बनाउने, युरोपमा बसेका हामी नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्ने, युरोपमा जन्मे हुर्केका नेपाली बालबच्चाहरुलाई एनआरएनमा समाहित गराउंदै हाम्रो देश, हाम्रो भाषा र हाम्रो सँस्कृतिप्रति रुची जगाउने जस्ता कार्ययोजना सहित आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेपालको म्याग्दीमा स्थायी घर भएका शिवकुमार बरुवाल सन २००० मा बेल्जियम प्रबेश संगै बेल्जियम बिभिन्न सामाजिक संस्थामा संलग्न भएर नेपालको च्यारिटी कार्यमा सक्रियरुपमा संलग्न हुँदै आउनुभएको छ, उहां द हिमालयन सोसाइटी बेल्जियमको संस्थापक महासचिब र मोना बेल्जियमको संस्थापक अध्यक्ष हुनुहुन्छ भने बेल्जियमका अन्य धेरै बैचारिक तथा सामाजिक संस्थाको नेतृत्व गर्नुभएको छ । उहांले बेल्जियममा बिशेष गरेर नेपाली उत्पादनका सामानहरुलाई बेल्जियम र युरोपको बजामा बिक्री बितरण र बिस्तार गर्ने ब्यबसाय गर्दै आउनु भएको छ ।***

तपाईको प्रतिक्रिया