Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

Sunitaटोकियो – हालसालै मात्र जापानबाट नेपाल फर्केकी गायिका सुनिता परियारको तीजे भाकाको नयाँ म्युजिक भिडियो बजारमा आएको छ ।

एक साँगीतिक कार्यक्रमका लागि केहि महिना अगाडिसम्म जापानमै रहेकी सुरिलो स्वरकी धनी सुनिता र पशुपति शर्माको स्वरबद्ध म्युजिक भिडियो ‘के मिलेन के’ बजारमा आएको हो ।
गायक पशुपति शर्माको शब्द र लय रहेको सो म्युजिक भिडियो सरगम संगीत प्रा. लि. ले बजारमा ल्याएको हो ।

उक्त म्युजिक भिडियोमा स्वयम गायिका परियार र गायक शर्माले अभिनय गरेका छन् भने प्रकाश भट्टको निर्देशन रहेको छ ।

तीजको दोहोरीमा एक अर्काले ठिकै लागेर बिहे गरेको तर अहिले ‘के मिलेन के’ भन्दै बिहेपछिको पश्चातापको भाव बोकेको छ गीतले ।

तीज नजिकिंदै गर्दा तीजको गीतमार्फत आफु कसरी बजारमा हिट हुने भन्ने ध्याउन्नमा गायक गायिकाहरुको यतिबेला छुट्टै चटारो छ । एउटा स्तरिय म्युजिक भिडियो निर्माण गर्न कम्तीमा दुई अढाई लाख खर्च लाग्ने बताईन्छ ।
सबै युट्युबमा हेर्न मिल्ने भएपछि सिडी बिक्न छोडे, तै पनि कलाकारितालाई बचाईराख्न, बजारमा टिक्न र बिक्न पनि म्युजिक भिडियो निकाल्नैपर्ने बाध्यता रहेको गायिका परियारले समुद्रपारिलाई बताईन् । उनले भनिन् – ‘हामीलाई राम्रोसंग थाहा छ, यसबाट रिटर्ब हुदैन तथापि आफ्नो परिचय स्थापित गर्न विज्ञापनकारुपमा भए पनि म्युजिक भिडियोमा लगानी गर्नुपरेको छ ।’

सुनिताका ‘बारुले कम्मर’, ‘तिमीसंग जुनी काट्ने’, ‘मैले अतित सम्झे भने’, ‘म त तिम्रै’ लगायतका आधुनिक, दोहोरी तथा तीजेभाकाका म्युजिक भिडियोहरु बजारमा आईसकेका छन् । सुनिताको स्वर आधुनिक गीतमा अझ बढी जम्ने उनलाई नजिकबाट चिनेजानेकाहरु बताउँछन् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया