Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टोकियो – ‘नेपालतिर कोदोको झोल जापानतिर साके हो, साके, खान्न खान्न भन्दा भन्दै हल्का हल्का चाखे, चाखे हो चाखे, त्यहि चाखेको तालमा मैले मायालुलाई ताके हो ताके’ भन्ने बोलको गीतमा जापानमै छायाङ्कन गरिएको यो म्युजिक भिडियो गायक मिलन लामाले नेपाल फर्केर हालै सार्बजनिक गरेका छन् ।

अघिल्लो महिना टोकियोमा भएको एक साँगीतिक कार्यक्रमका लागि जापान आएका गायक मिलन लामाले स्वदेश फर्केलगत्तै उक्त म्युजिक भिडियो सार्बजनिक गरेका हुन् ।

साँगीतिक कार्यक्रमको सिलसिलामा बिश्वका दर्जनौ मुलुक घुमेका गायक लामाले बिभिन्न भाषामा बोलिने रक्सीको बारेमा जापान आउनुपूर्व उक्त गीत बनाएक हुन र सोही गीतमा जापानमा रहेका कलाकारहरुलाई समेटेर छायाङ्कन गरिएको म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।

उक्त गीतमा शब्द, स्वर र संगीत गायक लामाकै रहेको छ भने अनिल थापा, सोना केसी, अनिल गुरुङ, संगीता क्षेत्री लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

कार्यक्रमको सिलसिलामा विभिन्न मुलुक पुग्दा हरेक देशमा रक्सीको उत्तिकै महत्व रहेको र आ-आफ़्नो भाषा अनुसार विभिन्न नामले पुकारिने रक्सीको महिमा बारे गीत बनाएको र यसको म्युजिक भिडियो जापानमा छायाङ्कन गरिएको गायक लामाले समुद्रपारिलाई बताए ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया