Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

‘नेपथ्य लाइभ कन्सर्ट’ सम्पूर्णरुपले देशका लागि समर्पित हुने 

nepathya_frontman_amrit_gurung_sydneyटोकियो – दुखको बेलामा जापान आएको छु, कार्यक्रम गरेर सबैलाई दुख बाँड्ने हो । यो दुखलाई कसरी पार लगाउन सकिन्छ भनेर सबैसंग हारगुहार गर्ने हो । हामी कलाकारहरुको काम आफुसंग भएको कला, गीत र संगीतबाटै देशको बिपत्तिमा सहयोग गर्ने हो, त्यसैले टोकियोमा हुन गईरहेको भोलिको कार्यक्रममा यो पटक मनोरञ्जनका लागि नभएर देशमा संकट पर्दा नेपाली एकता देखाउने, महाप्रलयकारी भूकम्पमा परी ज्यान गुमाउने हजारौं नेपालीहरुको आत्माको चिरशान्तिको कामना गर्ने र पीडितहरुका घाउमा मलम लगाउनेमा केन्द्रित हुने छ । त्यसैले जापानबासी नेपालीहरुले भोलि एक दिन मुलुकको बिपत्तिमा सघाउने हिसाबले कार्यक्रममा उपस्थिति जनाईदिनुहोला ।

माथिका भनाई हुन् – नेपालको एक स्थापित साँगीतिक ब्याण्ड नेपथ्यका गायक अमृत गुरुङको । अमृत गुरुङ आफ़्नो साँगीतिक ब्याण्डका दलबलसहित अहिले जापानमा हुनुहुन्छ । तमु धीं जापानको आफ़्नो २० औं वार्षिकोत्सव तथा नेपाली नयाँ वर्षको अवसरमा भोलि टोकियोमा हुन गईरहेको नेपथ्य लाइभ कन्सर्टका लागि गायक गुरुङ ब्याण्डका अन्य ८ जना सदस्यसहित जापान आउनुभएको हो ।

धेरै पहिले तय गरिएको उक्त कार्यक्रम हालैमा गएको विनाशकारी महाभूकम्पका कारण कार्यक्रमको उध्देश्य र स्वरुप परिवर्तन गरिएको संयोजक ईश्वर गुरुङले बताउनुभयो । उहाँले भोलि हुन गईरहेको कार्यक्रमको सबै तयारी लगभग पुरा भएको बताउँदै सम्पूर्णरुपले देशका लागि समर्पित हुने उक्त कार्यक्रममा जापानबासी समस्त नेपालीहरुमा उपस्थितिका लागि अनुरोध गर्नुभयो । ‘भोलि हुने कार्यक्रम मनोरञ्जनका लागि नभएर भूकम्पमा परी दिवंगत हुनुभएका हजारौं आत्माहरुको चिरशान्तिको कामना गर्दै श्रध्दाञ्जली सभाकारुपमा हुने छ’ – उहाँले भन्नुभयो – ‘त्यसै पनि नेपथ्यका अधिकांश गीतहरु देशभक्तिपूर्ण र राष्ट्रप्रेमले भरिएका छन्, त्यसमाथि देशको आपतकालिन अवस्थामा राहत संकलन गर्ने दिशामा भोलिको कार्यक्रम केन्द्रीत हुने छ ।’

स्मरण रहोस आज राती ९ बजे जापानको प्रतिष्ठित टेलिभिजन च्यानल एनएचके (१ नं) ले ‘न्यूज वाच- नाईन’ कार्यक्रममा गायक अमृत गुरुङको अन्तर्वार्ता प्रसारण गर्ने भएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया