Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

IMG_5528टोकियो – टीबीआई मिस टीन नेपाल जापान ट्यालेन्ट -२०१४ मा सेकेण्ड रनर अपको ताज पहिरिएकी समिक्षा थापा अभिनय क्षेत्रमा प्रवेश गरेकी छिन् ।

पोखरेली मोडेल रोशन कार्कीको म्युजिक भिडियोबाट थापा अभिनय यात्राको थालनी गरेकी हुन् ।IMG_5509

जीवन कला प्रेमीको स्वर रहेको ‘पीरतिको पासो’ गीतमा चलचित्र निर्देशक यादब भट्टराईको कथामा मोडेल कार्कीले नै निर्देशन गरेका छन् । नागोया आसपासको क्षेत्रमा सुटिङ गरिएको उक्त भिडियोमा राज महर्जनले छायाङ्कन गरेका हुन् ।

तोकाई होकुरिकुको एनआरएन संयोजक बिष्णु घिमिरे पनि यस भिडियोमा मोडेल कार्कीको कम्पनी मालिकको भूमिका निर्बाह गरेका छन् । म्युजिक भिडियोको छायाङ्कन हेर्न एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेललगायत केहि संगीतप्रेमी नेपालीहरु सुटिङ स्पटमा पुगेका थिए ।

लभ स्टोरी गीत भए पनि ब्यस्त जीवन शैलीमा कलेज जानुपर्ने, ड्युटी जानुपर्ने अनि प्रेमिकालाई दिने समय जस्ता कुरा भिडियोमा समेट्नुपर्ने भएकोले जापानको लोकेशन रोजेको निर्देशक कार्की बताउँछन् । यस म्युजिक भिडियोको सम्पादन भने नेपालमा र विमोचन जापानमा गरिने भएको छ । *** IMG_5518

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया