Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
टोकियो- जापानको नागासाकी सहरका नागरिकले सो सहरमा आजभन्दा ६७ वर्षअघि भएको नरसंहारको स्मरण गरेका छन् ।
उनीहरुले त्यस्तो नरसंहार अब जापानी एवम् विश्वका कुनैपनि नागरिकले कहिल्यै सहनु नपरोस् भनेर कामना पनि गरेका छन् ।
आजभन्दा ६७ वर्षअघि भएको दोस्रो विश्वयुद्धमा आजकै दिन अथवा सन् १९४५ को अगस्त नौ मा जापानको नागासाकी सहरमा अमेरिकाले बम विस्फोट गराएको थियो ।
सो बमका कारण त्यहाँका ७४ हजार नागरिकको ज्यान गएको थियो । तीन दिनअघि अथवा सन् १९४५ को अगस्त छ मा जापानकै हिरोसिमा सहरमा र अगस्त नौ मा नागासाकीमा सो नरसंहार भएको थियो ।
दोस्रो विश्व युद्धमा जापानका विरुद्ध लडेको संयुक्त राज्य अमेरिकाले सो बम विस्फोट गराउँदा करिब साढे दुई लाख जापानी नागरिकको विभत्स रुपमा ज्यान गएको थियो ।
सोही घटनाको दुःखद स्मरण जापानी जनताले आज गरेका छन् । उनीहरुले सो दुःखद घटनाको स्मरण गर्दै आगामी दिनमा अब यस्तो कुनैपनि नरसंहार यस पृथ्वीमा नआओस् भन्ने कामना पनि गरेका छन् ।
नागासाकी सहरमा मारिएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्न आज सो सहरमा आयोजना गरिएको स्मरण सभाका सहभागीहरु माझ नागासाकी सहरका प्रमुखले जापानलाई आणविक केन्द्रमुक्त राष्ट्र बनाउन आग्रह गर्नुभएको छ ।
उहाँले सो समारोहमा जापानमा आणविक केन्द्रका कारण आज पनि नागरिकहरु त्रासदीका रुपमा बाँच्नु परेको अवस्था आएकोले अबमा दिनमा सो त्रासबाट मुक्त गर्नका लागि सबैसँग आग्रह गर्नुभएको छ ।
जापानमा हाल आणविक भट्टीको पुनः स्थापना गर्न नहुने विषयमा नागरिकले आवाज उठाइरहेका छन् । गतवर्षको मार्च महिनामा गएको भूकम्पका कारण त्यहाँको आणविक भट्टीमा क्षतिपुगेपछि नागरिकमा यस्तो त्रासदी छाएको हो ।
नागासाकी सहरमा सन् १९४५ को अगस्त नौ मा ˆयाट म्यान नामको बम खसालेको स्थानमा आज हजारौं नागरिक जम्मा भइ सो बमका कारण मारिएका ७४ हजार नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरी विश्वमा शान्तिको कामना गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया