Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

टोकियो – तमु धीं जापानको आयोजनामा यही अगस्त -१२तारिख आइतबारका दिन टोकियोको इकेगामी खाइकन हलमा हुन गईरहेको १६ औ रोंधि सांझका लागी आमन्त्रित कलाकारहरु आज- ९ तारिख २.०० बजे जापान आइपुगेका छन ।

आमन्त्रित कलाकारहरु गायक दीपक लिम्बू, गायिका इन्दिरा जोशी र लोकदोहोरी गायिका ज्योति लोहोनलाई टोकियोको हानेडा अन्तरराष्ट्रिय बिमान स्थलमा धीं का अध्यक्ष हर्क तमु, कार्यक्रमका संयोजक ओम प्रकाश तमु, सह-संयोजक युक्तमान तमु, सल्लाहकार दिनेश तमु, सल्लाहकार ईश्वर तमु र सदस्य मनोज घले, तेज तमुले कलाकारहरुलाई खादा लगाईं स्वागत गरिएको थियो ।

अब १६ औ रोंधि सांझ कार्यक्रम हुन मात्र ३ दिन बांकी रहेकोले पुन: कार्यक्रममा प्रायोजन, सह-प्रायोजन र बिज्ञापन प्रसारण गर्न चाहानुहुने जापानबासी व्यावसायी एवं बिभिन्न व्यापारिक संघ संस्थाका महानुभावहरुलाई धींमा सम्पर्क गरि सहयोग गरि दिनु हुन पनि आर्थिक बिभागका कोषाध्यक्ष खडगसिंह तमुले हार्दिक अपिल गर्नुभएको छ । साथै १६ औ रोंधी साँझ कार्यक्रममा बिभिन्न संघसंस्थाहरु लगायत शुभेच्छुक महानुभावहरुलाई निमन्त्रण पत्र पठाई सकिएको तर कारणबस निमन्त्रण पत्र प्राप्त नभएमा यसैलाई सूचना आधार मानी कार्यक्रममा उपस्थित भई दिनु हुन पनि धींका अध्यक्ष हर्क तमुले हार्दिक अनुरोध गर्नु भएको छ ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया