Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

टोकियो – गत सोमबार बिहान आराकावा कुयाकु सोको पार्कमा झुण्डिएर आत्महत्या गरेका गुल्मी आँपचौर ईन्द्रेगौंडा-६ का खिमानन्द खरेलको भोलि शुक्रबार अन्त्येष्टी गरिने भएको छ ।

श्रोतकाअनुसार शुक्रबार अपरान्ह २ बजे टोकियोको माचियामा स्वर्गिय खरेलको अन्त्येष्टी गरिने भएको हो ।

स्वर्गिय खरेलप्रति अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नका लागि भोलि हुन गईरहेको अन्त्येष्टी समारोहमा उपस्थित भईदिन समस्त गुल्मेलीहरु लगायत जापानबासी नेपालीहरुमा शालिकराम भण्डारी, बाबुराम भण्डारी, लालबहादुर केसी रोशन, यमलाल ढकाल राजु, कुलचन्द्र खरेल, दयाराम खरेल, रेशम तिवारी, गोकुल खरेललगायतले हार्दिक आह्वान गर्नुभएको छ ।

३५ बर्षिय खिमानन्द खरेल सोमबार बिहान पार्कमा झुण्डिएको अवस्थामा मर्निङ वाक गर्ने मान्छेहरुले देखेपछि प्रहरीलाई खबर गरी तुरुन्त अस्पताल पुरयाईएको भए पनि अस्पतालले मृत घोषित गरेको थियो ।

पोष्टमार्टमको रिपोर्टको आधारमा अस्पतालले मृत्युको कारण आत्महत्या नै भएको पुष्टि गरेको छ ।

६ बर्षअगाडि कुक भिसामा जापान आएका खरेल श्रीमतीसंगै आराकावा कु को मिकावासिमामा बस्दथे । केहि महिना अगाडिदेखि बेरोजगारी अवस्थामा रहेका खरेल जापान आएदेखि एकपटक पनि नेपाल नफर्केको बुझिएको छ । आत्मह त्या गर्नुको कारण भने अझै खुल्न सकेको छैन ।  भोलि अन्त्येष्टी गरिने स्थान बारे बिस्तृत जानकारी यसप्रकार छ ।

Time: 2:30 PM
Arakawa-Ku, Machiya 1-23-4
Machiya Saijyo Tel: 03-3892-0311
Train Line:  Keisei Line Local Machiya Station 5 Min Walk
Chiyoda line Machiya Station Exit No: (1) 5 Min Walk
Toden Arakawa Line  7 Chome Station Or Machiya Station 7 Min Walk

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया