टोकियो – नेपाल जापान युथ क्लबले आगामी सेप्टेम्बर २३ तारिखका दिन टोकियोमा फूटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
सो क्लवले आफ्नो बार्षिक कार्यक्रमअनुसार उक्त प्रतियोगिता आयोजना गर्न गईरहेको बताएको छ ।
अघिल्ला बर्षहरुमा पनि २ पटक लगातार फूटबल प्रतियोगिताको आयोजना गरेर हौसिएको सो क्लवले “नेपाल फेडेरेशन रनिङ कप- २०१२” को आयोजना गर्ने हालै निर्णय गरेको क्लवका अध्यक्ष तासी लामाले बताए ।
खेलाडिहरुको आग्रहलाई ध्यानमा राख्दै यो बर्ष खेलमा भाग लिने टिम सँख्या बढाएर १० पुरयाईएको पनि अध्यक्ष लामाले बताए । गत बर्ष ६ टिमले मात्र भाग लिन पाउने प्रावधान रहेको थियो ।
“स्वस्थ्य र अनुशासित जीवनका लागि खेलकुद” भन्ने मान्यताका आधारमा आयोजना गरिएको उक्त फूटबल प्रतियोगितामा उपस्थित भई आयोजक तथा खेलाडिहरुलाई हौसला प्रदान गर्नुहुन समस्त जापानबासी खेलप्रेमी महानुभावहरुमा उक्त क्लवले हार्दिक अनुरोध गरेको छ ।
आयोजक सँस्थाकाअनुसार प्रतियोगितामा भाग लिन चाहने टिमले सेप्टेम्बर ३ तारिखसम्म आफ्नो टिमको नाम दर्ता गराईसक्नुपर्ने छ भने ७ जना खेलाडि रहने प्रतिटिमको दर्ता शुल्क भने २४,००० येन निर्धारण गरिएको छ । प्रतियोगिताको आईएमई (क्योदाई जापान) ले प्रायोजन गर्ने भएको छ ।
प्रतियोगिता बारे बिस्तृत जानकारी
मिति: २३ सेप्टेम्बर, २०१२ आइतवार
समयः: दिउँसो ठिक १२ बजे बाट
स्थानः: टोकियो बेई फुटबल क्लब
(सन् २०१० र २०११ मा कार्यक्रम भएको मैदान) नजिकको स्टेशन आनामोरीनारी (हानेडा एअरपोर्ट जाने बाटो )
सम्पर्क
तासी लामा ०८०-३१७८-२७८२
लेलिन भट्टचन ०८०-६५८६-५००३
सौगात गुरुङ ०९०-९८४१-९६९७
सुमन गौचन (गोप्चे) ०८०-४६७८-०७६५