Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

टोकियो – नेपाल आदिवासी जनजाती महासंघ जापानले यहि आउदो अगष्ट १२ तारिख आईतबारको दिन जापानको राजधानी टोकियोको ओताकुस्थित ईकेगामी खाईकान हलमा जनजातीका अग्रज नेता तथा मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको प्रमुख आतिथ्यतामा आयोजना गर्न लागेको १८ औं बिश्व आदिवासी दिवस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ।

“जातिय पहिचान सहितको संबिधान, आदिवासी जनजातिहरुको अभियान” भन्ने मुल नाराका साथ यस बर्षको १८ औं बिश्व आदिवासी दिवस नेपालमा अगष्ट ९ अर्थात श्रावण २५ गते भब्य कार्यक्रमहरुका साथ मनाउन लागिएको अवस्थामा बिश्वभर फैलिएर रहेका आम नेपाली आदिवासीहरुले पनि आफ्नो समय अनुकुल मनाउन लागिरहेका छन् ।

यसै क्रममा जापनमा रहेका नेपाली आदिवासी जनजातिहरुले यहि अगष्ट १२ तारिख आईतबारको दिन जनजातीहरुका अग्रज नेता तथा मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको प्रमुख अतिथ्यतामा मनाउन लागिरहेको हो ।

साथै सोहि दिन तमुधिं जापानको रोधी सांझ कार्यक्रम पनि सोहि हलमा हुने भएको हुनले निर्धारित समयमा नै कार्यक्रमको सुरुवाट र अन्त्य गर्नु पर्ने भएकोले जापानमारहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, नेपाली संघसंस्थाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु, समाजसेवी, ब्यापारी, बुद्धिजिवी, विद्यार्थी तथा विभिन्न पेशा व्यबसायमा कार्यरत महानुभावहरुलाई १२:०० बजे कार्यक्रम हलमा उपस्थित हुन आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमस्थल: इकेगामी खाईकान
समय: बिहान ९ देखि ३:३० बजेसम्म
बिहान ९ देखि ११:३० बजेसम्म प्रशिक्षाण कार्यक्रम
बिहान १२ देखि ३:३० बजेसम्म विश्व आदिवासी दिवस तथा अन्तरक्रिया कार्यक्रम

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया