टोक्यो– विश्व प्रसिद्ध जापानी कार उत्पादक कम्पनी टोयोटाको मुनाफामा वृद्धि भएको बताइएको छ । जापान र अमेरिकामा मजबुत बिक्रीका कारण पहिलो त्रैमासिकमा टोयोटाको मुनाफामा वृद्धि भएको हो ।

गत वर्षको प्राकृतिक विपत्तिहरूबाट सो कम्पनीलगायत जापानको अर्थतन्त्र नै खराब दिशामा पुगेको थियो । सो अवस्थाबाट सुधारको दिशामा गएसँगै अप्रिलदेखि जुनसम्मको तीन महिनामा टोयोटाको खुद मुनाफा २९० अर्ब येन भएको बताइएको छ ।
यो मुनाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब १० करोड येनले बढी हो । जापानमा भूकम्प र सुनामीका कारण गत वर्ष टोयोटाले उत्पादन कार्यलाई रद्द गर्न बाध्य हुनु परेको थियो ।
गतवर्ष सोही अवधिमा उसको बिक्री खस्केको थियो । यसै वर्षको सुरुआतको तुलनामा अहिले बिक्री ८१ दशमलव छ प्रतिशतले वृद्धि भएको टोयोटाले जनाएको छ ।
उत्तर अमेरिकामा टोयोटाको आम्दानी ८६ दशमलव छ प्रतिशतले वृद्धि भएको थियो । जापानको सबैभन्दा ठूलो कार निर्माता टोयोटाले भनेको छ– ‘उत्पादन मात्र र सवारी इकाईको बिक्रीमा भएको वृद्धि तथा खर्च घटाउने प्रयासहरूका कारण मुनाफाहरूलाई बढाउन योगदान गरेको थियो ।’
गतवर्षको सुनामी र त्यसपछिको सुनामीका कारण निकै ठूला घाटा व्यहोर्नुपरेका अन्य कम्पनीहरुले पनि जापानमा केही समययता आएर प्रगति गरेको देखाएका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार साउन २१, २०६९
प्रकाशित समय: १०:२२:१५