Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौं  –  नेपाल-जापानबीच परराष्ट्र मन्त्रीस्तरीय वार्ता  आज बिहान सिंहदरबारमा बस्यो। बैठकमा नेपाल पक्षको नेतृत्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानको नेतृत्व त्यहाँका विदेशमन्त्री कोइचिरो गेम्बाले गरेका थिए।
साथै, बैठकमा अर्थ र परराष्ट्र मन्त्रालयका सचिव, जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई तथा ११ सदस्यीय जापानी प्रधितिनिधिमण्डल संलग्न छ।
बैठकका क्रममा जापान सरकारले नेपालको खाद्य उत्पादन वृद्धिका लागि सघाउने उद्देश्यले उपलब्ध गराउन लागेको रु. २५ करोड ९० लाख अनुदान सहायता सम्बन्धमा हस्ताक्षर भएको छ।
दुवै परराष्ट्रमन्त्रीको उपस्थितिमा सो सहयोगसम्बन्धी सम्झौतामा नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासी र अर्थसचिव कृष्णहरि बास्कोटाले हस्ताक्षर गर्नुभयो। सो अवसरमा निर्वाचन आयोगलाई मतदाता परिचयपत्र व्यवस्थापनका निम्ति जापानले विभिन्न सामाग्री प्रदान गर्ने घोषणा पनि गरिएको छ।
यसअघि जापानी प्रमण्डलसँगको अनौपचारिक बैठकमा नेपाली पक्षले २०० मेगावटको माथिल्लो सेती जलविद्युत् परियोजना निर्माण, काठमाडौं उपत्यकामा मेट्रो रेलसेवा सञ्चालन तथा मध्यपहाडी राजमार्ग निर्माणका निम्ति जापान सरकारसँग अनुरोध गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल निरञ्जनमानसिंह बस्न्यातले बताए।
जापानका विदेशमन्त्री गेम्बा नेपालको दुई दिने भ्रमणका क्रममा हाल नेपालमा छन्। उनी हिजो साँझ नेपाल आइपुगेका हुन्। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया