Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो- ग्लोबल बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पैसाको अभाव नभएको र लगानीका लागि प्रचुर संभावना हुँदा हुँदै पनि काम हुन नसकेको स्वीकार्दै राजनीतिक समस्या समाधान हुँदा बितिकै हामीसंग भएका राम्रा प्रोजेक्टहरुलाई धमाधम अगाडि बढाउन सकिने धारणा ब्यक्त गरेका छन् । ढकालले नेपालमा अहिले लगानीका लागि जलबिद्युत र पर्यटनको क्षेत्र सबैभन्दा उपयुक्त मानिएकोले उद्यमीहरु यसतर्फ आकर्षित भईरहेको खुलासा गरे ।

आईएमईका समेत अध्यक्ष रहेका उद्यमी ढकालको स्वागतमा मंगलबार साँझ टाकियोमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बिदेशमा काम गर्नका लागि बिदेशस्थित कूटनीतिक निकायको भूमिका महत्वपूर्ण हुने बिचार ब्यक्त गरे । ’सन् २००२ सम्म नेपालमा रेमिट्यान्स सेवा थिएन, तत्पश्चात मात्र हाम्रै पहलमा नेपालमा यो सेवा शुरु भएको हो, अहिले रेमिट्यान्स मार्फत बिदेशमा बस्ने नेपालीहरुले पठाएको पैसाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ’- ढकालले थपे ।

नेपाली ब्यवसायी संगठन जापान (एनबिए) को आयोजनामा भएको सो कार्यक्रम आयोजक सँस्थाका अध्यक्ष भवन भट्टको सभापतित्वमा भएको थियो । सो अवसरमा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, रेमिट्यान्स ब्यवसायी महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठ, प्रवासी नेपाली पत्रकार सञ्जालका संयोजक भूषण घिमिरे, नेपाली दूतावासका उपनियोग प्रमुख तापस अधिकारी लगायतले बोलेका थिए ।

आयोजक संस्थाका महासचिव चिरिञ्जीवी थापाको सञ्चालन रहेको सो कार्यक्रममा एनआरएन एशिया प्यासिफिकका उपसंयोजक किरणविक्रम थापाले स्वागत मन्तब्य राख्नुका साथै प्रमुख अतिथि ढकाललाई फुलको गुच्छाले स्वागत गरेका थिए ।

कार्यक्रमको अन्तमा बोल्दै एनआरएन आईसीसीका कोषाध्यक्षसमेत रहेका कार्यक्रमका सभापति भवन भट्टले नेपालमा लगानी भित्र्याउनका लागि सरकारले द्वैध करनीतिको खारेज गरी नयाँ नीति लागु गर्नुपर्नेमा जोड दिए । रात्रीभोजसहितको उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रम रोप्पोङ्गीस्थित बुखारा रेष्टुरेन्टमा भएको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया