Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले आफू शान्ति प्रक्रिया र संविधान निर्माण सकेर मात्र कुर्सी छाड्ने बताएका छन्। आफ्नो राजीनामाले समस्या झन् बल्झने उनले ठोकुवा गरे।

‘शान्ति र संविधान पूरा नभई कुर्ची छाड्दिनँ,’ बुधबार स्याङ्जा चापाकोटमा कालीगण्डकी गोल्डकप फुटबल प्रतियोगिता उदघाटन गर्दै प्रधानमन्त्रीले भट्टराईले भने, ‘मैले छाड्दा समस्या सुल्झन्न, झनै बल्झिन्छ।’

उनले शान्ति र संविधानको ‘डेटलाइन’ सकिन लागेकाले पनि सरकार फेर्न नहुने बताए। ‘समय पटक्कै छैन,’ उनले भने, ‘सरकार फेर्ने होइन, दलहरुबीच विश्वास कायम गर्दै छिटो काम सक्नुपर्छ।’

दलहरुबीच विश्वास कायम गर्दै जेठ १४ भित्रै शान्ति प्रक्रिया र संविधान दिने उनले दोहोर्‍याए। ‘सत्यनिरुपण र मेलमिलाप आयोग छिट्टै गठन हुन्छ,’ उनले भने, ‘बेपत्ता आयोग गठन र सहिद परिवारलाई राहत दिने सरकारको प्राथमिकता हो।’ केही सातामै योग्य लडाकुलाई सेनामा समायोजन गर्ने काम थालिने उनले बताए। उनले समयमै संविधान बन्नेमा शंका नगर्न पटकपटक आग्रह गरेका थिए। ‘संविधानसभाले संविधान समयमा बनाउनै पर्छ, यो वा त्यो बहानामा शान्ति प्रक्रिया भाँड्ने वा संविधान बन्न नदिने षड्यन्त्रलाई हामीले परास्त गर्नैपर्छ,’ उनले भने, ‘सरकारप्रमुखको हैसियतले म निकै सचेत छु, यसमा सबैको साथ आवश्यक छ।’ ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया