Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

काठमाडौं – म्याग्दीको बिमबासीले आफ्नो गाबिसलाई सरसफाई गरेर खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेका छन् ।गाबिसको सबै घरमा शौचालय निर्माण गरी प्रयोग गर्न थालेका बिमबासीले घर, टोल, चोक, गल्ली, बाटो, धारा, पँधेरा, पानीका मुहान, विद्यालय लगायत सार्वजनिक स्थलको सरसफाई गरेर फोहोर नगर्ने प्रतिवद्धता जनाउदै आइतबार आगो र स्थानिय देवीदेवतालाई साक्षी राखेर खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन् ।

तीन सय ७९ घरमा शौचालय बनेर सरफाईयुक्त क्षेत्र बनेपछि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको बिमलाई जिल्ला विकास समितिको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाले एक लाख २३ हजार छ सय छ रुपैया पुरस्कार उपलब्ध गराएको छ । सम्पन्न र मध्यम बर्गको घरबाहीर पक्की र निम्न वर्गका व्यक्तिहरुले खाल्डो खनेर कच्ची शौचालय निर्माण गरेर प्रयोग गर्ने बानीको विकास गरेपछि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको गाबिस सचिव लिलानाथ पौडेलले बताउनुभयो ।

पुरस्कार रकम गाबिसमा रहेका एक सय ३५ वटा कच्चि शौचालयलाई पक्कि बनाउन र स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा लगानी गर्ने गाबिस सचिब पौडेलले बताउनुभयो । घोषणा कार्यक्रममा उपस्थित स्थानीय विकास अधिकारी चक्रपाणी शर्माले पानी र फोहोरबाट उत्पन्न हुने स्वास्थ्य समस्या न्युनिकरण गर्न आगामी बैशाख महिनाभित्र म्याग्दीलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने योजना अनुसार ग्रामिण क्षेत्रका बासिन्दामा शौचालय प्रयोग गर्ने बानिको बिकास गराई हालसम्म २२ गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको जानकारी गराउनुभयो ।

परियोजनाका सल्लाहकार चन्द्रभक्त बिष्ट, जिविसका पूर्वसभापति नवराज शर्मा, नागरीक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ, जिल्ला पशु सेवा कार्यालयका प्रमुख सोनफी साह, पत्रकार महासंघका उपाध्यक्ष अगन्धर तिवारी, एकिकृत नेकपा माओवादीका रेशम जुक्जाली, थमन जुक्जाली लगायत अतिथिहरुले घोषणा गर्नुमात्र ठूलो उपलब्धी नहुने भन्दै घोषणालाई व्यवहारमा उतार्न र वातावरण सफा राख्न स्थानियबासी सचेत बन्नुपर्ने सुझाव दिनुभयो । सडक, खानेपानी र विद्युत जस्तै स्वास्थ्य पनि विकासको आधार भएको वताउँदै व्यक्ति स्वास्थ भए समाज स्वस्थ हुने र स्वस्थ समाजवाट नै विकासको आशा गर्न सकिने वताउनुभएको थियो ।

गाँउ स्तरीय खानेपानी, स्वास्थ्य तथा सरसफाई समन्वय समिति बिमका संयोजक लिलानाथ पौडेलको अध्यक्षता, जिविसका फिल्ड संयोजक राजेन्द्र आचार्यको सञ्चालन र किसानी प्राबिधिक शिक्षालयका संयोजक बेगप्रसाद गर्बुजाको स्वागतमा सम्पन्न कार्यक्रममा किसानी उच्च माविका प्राचार्य जंगबहादुर गर्बुजा, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष छकप्रसाद पाइजा, पलबिर जुक्जाली, बिम युके समाजका सचिव कृष्ण जुक्जाली, मोना हङकङका सदस्य दलबहादुर शेरपुञ्जा लगायतले घोषणा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया