Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

ताक्लुङ्ग गडी तेह्रथुम – नेपाल सरकारका अर्थ राज्यमन्त्री हरीराज खेवा लिम्वुले वर्तमान सरकारले नै आगामी जेठ १४ भित्र नेपालको नयाँ संविधान जारी गर्ने वताएका छन् ।

“छथर साँस्कृतिक तथा पर्यटन महोत्सव जाऔं, लोपउन्मुख संस्कृति र पर्यटकिय स्थलहरको अवलोकन गरौं” भन्ने मुलनाराको साथ छथर महोत्सव २०६८ लिम्वुवानको एतिहासिक राजधानी ताक्लुङ्ग गडी छथर ओख्रे तेह्रथुममा मंगलवार उदघाटन गर्दै अर्थराज्यमन्त्री लिम्वुले यस्तो वताएका हुन् । सो अवसरमा मन्त्री खेवा लिम्वुले लिम्वुहरु प्रकृति पूजक भएकाले आयोजकले उदघाटनको लागि तयार पारेको साडे ६ फिट उचाई र ३ फिट गोलाई भएको ढुङ्गा गाडेर छथर महोत्सवको उदघाटन गरे ।

उदघाटन समारोहमा वोल्दै राज्यमन्त्री खेवा लिम्वुले वर्तमान सरकारले शान्ति प्रक्रियालाई चाँडो भन्दा चाडो टुङ्गयाउन सेना समायोजनको प्रक्रिया अघि वढाएको वताउदै लिम्वुले आगामी जेष्ठ १४ सम्ममा जसरी भए पनि नेपालको नयाँ संविधान जारी गर्ने वताए । उनले सरकार पटक पटक परिवर्तन भएका कारण संविधान निर्माण र शान्ति प्रक्रिया टुगोमा जसरी भए पनि नेपालको नयाँ संविधान जारी गर्ने वताए । उनले सरकार पटक पटक परिवर्तन भएका कारण संविधान निर्माण र शान्ति प्रक्रिया टुङ्गयाउन ढिलो भएको वताउँदै उनले अव नयाँ संविधानको लागी नेपाली जनातले धेरै पर्खिरहनु नपर्ने दावी गरे ।

सो अवसरमा उनले यथास्थितिवादीहरुले मुलुकमा चलखेल गरी रहेको भए पनि जनआन्दालनको वलवाट प्राप्त नेपालको परिवर्तनलाई नेपाली जनताले कुनै पनि हालतमा नछाड्ने वताए । उनले विकास भनेको निरन्तर चलिरहने प्रक्रिया हो भन्दै छथर महोत्सव एक ऐतिहासिक भएको वताउँदै यस्ता खाले महोत्सवले नेपालको साँस्कृति विविधतालाई एकताको सुत्रमा गाँस्ने वताए । सो अवसरमा राज्य मन्त्रि लिम्वुले धनकुटाको सिधुवा देखी छथरको ओख्रेसम्म मोटरवाटो खन्न आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सो अवसरमा सभासद सिता गुरुङ्गले छथर महोत्सवले पुर्वाञ्चलको पहाडी क्षेत्रलाई साँस्कृतिक रुपमा हौसला वढाएको वताउँदै आगामी दिनमा पनि यस्ता खाले महोत्सवको आयोजना गर्नु पर्नेमा जोड दिए । उनले तेह्रथुमको छथर र आठराई भौगोलिक रुपमा ओझेलमा परेको वताउँदै छथर र आठराईलाई शिक्षा, स्वास्थ्य, यातयातको माध्यामवाट जोडी सम्मुनत वनाउन आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने वताए ।

विशेष गरी लोपउन्मुख जाति जनजातिहरुको साँस्कृतिकलाई उजागर गर्ने र छथर क्षेत्रको एतिहासिक स्थलहरुको पर्यटकहरुलाई अवलोकन गर्ने उदेश्यले आयोजना गरिएको छथर महोत्सवमा लिम्वु जातिको केलाङ्ग ढोलनाच, तामाङ्ग जातिको डम्फुनाच, लामा नाच, व्राम्हण जातिको संगिनी नाच, मारुनी नाच, सिलक, दलित जातिको नौमति वाजा, टिपिकल वाजा मचुङ्गा, विनायो आदीको साँस्कृतिक झाँकी प्रस्तुत् गरिएको थियो । महोत्सवमा तेह्रथुम जिल्लाको ९ गाविस र धनकुटा जिल्लाको १२ गाविस गरी एक्काईस गाविसका स्थानिय जनताले संयुक्त रुपमा छथर महोत्सव मनाएका हुन् ।

छथर महोत्सव मुल आयोजक समितिका अध्यक्ष टेकराज तिगेला लिम्वुको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा पूर्व मन्त्री शेरवहादुर ईङ्गनाम, प्राध्यापक गोविन्द तुम्वाहाङ्ग, ए.माओवादी जिल्ला ईन्चार्ज दुर्गाप्रसाद चापागाई, एमालेका सुरेस ढकाल, नेपाली काग्रेसका अर्जुन तुम्वाहाम्फे, जनमुक्तिका संघिय परिषद सदस्य रामवहादुर तुम्वाहाम्फे लगायतले छथर महोत्सवको सफलताको लागी शुभकामना व्याक्त गरेका थिए ।

सो अवसरमा तेह्रथुमे लोकगायक तथा राष्ट्रिय कलाकार ईन्द्र शुसिल चोङ्गवाङ्ग, विनोद खम्वु, गौरवनारायण राई, खगेन्द्र यक्सो, मनु नेम्वाङ्ग लगायतले गित संगित प्रस्तुत गरेका थिए । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया