Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

काठमाडौं – प्रधानसेनापति छत्रमानसिंह गुरुङले सेना समायोजन सम्बन्धी ‘६ हजार माओवादी लडाकुको समूहगत समायोजन गर्न सकिने’ प्रस्ताव गरेका छन् ।

वृहत शान्ति सम्झौताअनुसार लडाकुलाई व्यक्तिगत आधारमा मात्रै समायोजन गर्न सकिने अडान लिँदै आएको सेनाले उक्त अडानबाट निकै लचिलो हुँदै सोमबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई त्यस्तो नयाँ प्रस्ताव बुझाएको बालुवाटार स्रोतले जानकारी दियो ।

शान्ति प्रक्रियाको आधारभूत सर्तका रूपमा लिइएको समायोजनका अन्य प्रावधानमा पनि सेना पहिलेभन्दा उदार देखिएको छ। प्रस्तावमा करिब ६० जनालाई मेजर र ३ सय ५० भन्दा बढीलाई अधिकृत तह दिन सकिने प्रस्ताव गरिएको छ।

समायोजनपछि लिनुपर्ने ‘ब्रिजकोर्स’मा पनि गुरुङले साबिकभन्दा निकै खुकुलो व्यवस्था गर्न खोजेका छन्। बालुवाटार स्रोतअनुसार पहिले १८ महिना भनिएको ब्रिजकोर्सलाई ९, १० महिना भनिएकाले ७ मा झारिएको छ।

प्रधानसेनापति गुरुङले व्यक्तिगत रूपमा समायोजनको नयाँ प्रस्ताव पेस गरेका हुन् । यसबारे सेनाको उच्च तहमा छलफल भएको छैन ।

यसअघि सेनाले माओवादी लडाकु समायोजन क्रममा ‘स्थापित सुरक्षा मापदण्ड’ मा सम्झौता गर्न नसकिने र व्यक्तिगत आधारमा मात्र छनोट हुन सक्ने अडान राख्दै आएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया